दफा ११६
बेरितसँग म्याद तामेल गर्ने, गराउने वा बाधा विरोध गर्नेलाई सजाय हुने
देहायका कार्य गर्ने व्यक्तिलाई सम्बन्धित तामेलदारको प्रतिवेदन वा कसैको उजुरीको आधारमा कारबाही प्रारम्भ गरीअदालतले दश हजार रुपैयाँसम्म जरिबाना वा एक महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछः–
(क) अदालतले जारी गरेको म्याद मनासिब कारण विना तामेल नगराएमा,
(ख) झुट्टा व्यहोरा लेखाई वा झुट्टा व्यहोरा पारी म्याद तामेल गरे वा गराएमा,
(ग) म्याद सूचना तामेल गर्न बाधा विरोध गरेमा,
(घ) टाँसेको म्याद च्याते वा उक्काएमा ।